Thursday, 18 January 2018

समसामयिक जानकारीहरु -3

समसामयिक जानकारीहरुः

1.  २०७४ मा प्रदान गरिएको नवौँ कृति अवार्डमा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुने व्यक्तित्व को हुन् ?
– नेपाल विज्ञापन सङ्घका पूर्व अध्यक्ष माधवराज तिमिल्सिना तथा विज्ञापन क्षेत्रका अग्रणीय व्यक्तित्व नवीनलाल जोशी

2.  सन् २०१७ सेप्टेम्बरमा मलेसियामा सम्पन्न एसीसी यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो ?
– नेपाल
– प्रतियोगिता अन्तर्गत सेप्टेम्बर १७ मा सम्पन्न फाइनल खेलमा हङ्कङलाई पाँच विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको । उपाधि जितेसँगै नेपाल आगामी महिना मलेसियामा हुने एसीसी यु– १९ एसिया कपका लागि समेत छनोट भएको ।
– प्रतियोगिताको ‘म्यान अफ द सिरिज’ नेपालका सन्दीप लामिछाने, उत्कृष्ट ब्याट्सम्यान सिँगापुरका सिद्धान्त र उत्कृष्ट बलर नेपालका कप्तान दीपेन्द्रसिंह ऐरी चुनिएका ।

3. विश्व बैङ्कले सन् २०१७ सेप्टेम्बर १७ मा सार्जजनिक गरेको नेपाल डेभलपमेन्ट अपडेट– २०१७ अनुसार आ.व. २०७४/७५ मा नेपालको आर्थिक वृद्धि कति हुने अनुमान छ ?
– ४.५ प्रतिशत

5.  राष्ट्रिय बालदिवस, २०७४ को मूल नारा के हो ?
– बालमैत्री शासनः बालअधिकारको सम्मान
( नेपालमा हरेक वर्ष भदौ २९ मा राष्ट्रिय बालदिवस मनाइने । )

No comments:

Post a Comment